नेकपा (माओवादी केन्द्र)को कारबाहीमा प्रदेश सांसद पद गुमाएका तीनजना नेताको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
नेकपा विभाजन पश्चात नेकपा एमालेको ओली पक्षमा लागेका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, कुन्दन प्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहको पद खारेज गरेको थियो।
जसमध्ये ज्वाला साहबाहेक तीनैजना निवर्तमान प्रदेश सांसदले आफूहरु माओवादी केन्द्रमा रहेको दावी गर्दै गएको जेठ १३ गते सर्वोच्च अदालतमा प्रदेशसभा सचिवालय, निर्वाचन आयोग र नेकपा (माओवादी केन्द्र) विरुद्ध रिट दर्ता गराएका थिए।
तीनैजनाले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतले सूचना टाँस गरी रिट अनुसार अन्तरिम आदेश जारी नहुने जनाएको माओवादी केन्द्र धनुषाका सचिव दीपक यादवले जानकारी दिए।
तीनजनामध्ये मो. सामिर समानुपातिक सांसद थिए। उनको ठाउँमा माओवादी केन्द्रले गएको वैशाख ३० गते नै वीरगञ्ज उपमहानगरपालिका १२ की पशमिना कादरीलाई प्रदेश सांसद नियुक्त गरेको थियो।
प्रत्यक्ष निर्वाचित भएपनि पद गुमेकी ज्वाला साह भने पहिलादेखि नै आफ्नो पद गएपनि ओली पक्षमै रहने बताउँदै आएकी थिइन्।

Shares

प्रतिक्रिया