ad ad

राजनीति


सञ्चारमन्त्री गुरुङ भन्छन्– ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तर्राष्ट्रिय समुदायमा पुग्दै छ’

सञ्चारमन्त्री गुरुङ भन्छन्– ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तर्राष्ट्रिय समुदायमा पुग्दै छ’

नेपालखबर
जेठ १७, २०७८ सोमबार ५:५२,

समृद्ध नेपालको सञ्चार पहुँच अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन नेपाल सरकारले अंगे्रजी च्यानल ‘एनटीभी वर्ल्ड’ सञ्चालन गर्ने भएको छ।

शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल सुरु गर्ने घोषणा भएको हो।

नेपाली टेलिभिजन प्रसारणको इतिहासमा उक्त च्यानलले अन्तर्राष्ट्रियजगतमा नेपाल बुझ्ने गरी सामग्रीहरु प्रस्तुत गर्ने पहिलो कदमका रुपमा लिइएको छ। जुन च्यानलले नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनेछ।

च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ।

‘नेपाल टेलिभिजनको प्रसारणलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन एनटीभी वर्ल्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ।

अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सिधैं पहुँच नभएकाले छिट्टै सञ्चालन हुने ‘एनटीभी वर्ल्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ। आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेलाबेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ।

‘समृद्ध नेपाल ः सुखी नेपालीको सन्देश अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन। नेपाली टेलिभिजनको इतिहासमा एनटीभी वल्र्ड च्यानलमार्फत पहिलोपटक अन्तर्राष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ’, नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने।

सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीति अनुसार सरकार अघि बढेको प्रवक्ता गुरुङले बताए।

इन्टनेटको पहुँच तीव्र
सरकारले जनताको सहज पहुँचका निम्ति डिजिटल नेपाल पे्रmमवर्कलाई कार्यान्वयन गर्ने बताएको छ।

‘समृद्धिका लागि सञ्चार’ भन्ने मुख्य ध्येय भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले भने, ‘समृद्धिका लागि सञ्चार र सूचनामा सबैको सहज पहुँच अनिवार्य हो। यसका लागि अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्नेछौँ।’

सुशासन र पारदर्शीताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको काम सरकारले अघि बढाएको छ। उक्त कार्यक्रम मन्त्रालयबाट कार्यान्वयन भइसकेको छ। हाल ८ जिल्ला स्थानीय निकायसँग ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार भइसकेको छ।

इन्टरनेट माध्यमबाट शिक्षा र स्वास्थ्यमा जनताको सहजताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार सुरु गरिएको छ। जुन कार्यका लागि सरकारी निकायबाट प्रदान गरिने सेवा सेवाग्राहीले नागरिक एप्सबाटै प्राप्त गर्ने छन्।

कोभिडपीडित पत्रकारलाई सम्बोधन
कोभिड–१९ को प्रभावित बनेका पत्रकारहरुको समस्या समेत सरकारले सम्बोधन गरेको छ। कोभिड–१९ का नाममा बेरोजगार बन्न पुगेका पत्रकारहरुका लागि सरकारले ‘लेखनवृत्ति’को व्यवस्था गरेको छ।

त्यसैगरी श्रमजीवी पत्रकारहरुका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारले घोषणा गरेको छ। विमाको हकमा बीमा प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्नेछ।

नेपाली पत्रकारहरुको दक्षता अभिवृद्धि तथा व्यवसायिकता विकास गर्न आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई आगामी आर्थिक वर्षभित्र स्थापना गर्ने सरकारले घोषणा गरेको छ।

लामो समयदेखि नेपाली पत्रकारहरुको साझा व्यवसायिक संस्थाहरुले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान स्थापनाका लागि माग गर्दै आएका थिए।

पहिलोपल्ट प्रेस संग्रहालय बन्ने
नेपाली प्रेस र पत्रकारिता सम्बन्धि विभिन्न कालखण्डमा भएको प्रविधिका विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिएको छ।

सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ। जसबाट माध्यमहरुमा छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्नेछन्।

जनताको मनोरञ्जन र मुलुकभरका पर्यटकीय, सांस्कृतिक, धार्मिक क्षेत्रको समेत प्रचार–प्रसार हुने उद्देश्यसहित सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने सरकारले शनिबारको बजेट भाषणमा समावेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .