कोराना संक्रमणका कारण पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ।
नेकपा (एमाले) को कर्णाली प्रदेश कमिटी सदस्य रहेका न्यौपाने ०५६ सालमा जाजरकोट–२ बाट निर्वाचित सांसद हुन्।
उनको काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको हो।
कोरोना संक्रमणपछि निमोनिया भएपछि उनलाई १० दिन भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार हुन सकेको थिएन।
जाजरकोट छेडागाड नगरपालिकाका न्यौपाने २०४६ यता निरन्तर क्रियाशील एमाले नेता हुन्।
3
Shares

प्रतिक्रिया