राजनीति


फागुन ११ को आफ्नै व्याख्या टेकेर सर्वोच्चले संसद् पुनर्स्थापना गर्छः गगन थापा

फागुन ११ को आफ्नै व्याख्या टेकेर सर्वोच्चले संसद् पुनर्स्थापना गर्छः गगन थापा

नेपालखबर
जेठ १०, २०७८ सोमबार १०:३५,

नेपाली कांग्रेसका नेता गगन थापाले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्नेमा आशावादी रहेको बताएका छन्।

सर्वाेच्च अदालत परिसरमा पत्रकारसँग कुरा गर्दै थापाले संसद पुनर्स्थापना हुन फागुन ११ कै फैसला पर्याप्त रहेको दाबी गरे।

‘फागुन ११ गते आफैँले गरेको व्याख्यामा टेकेर सर्वाेच्च अदालतले यो संसद पुनर्स्थापना गर्छ’, थापाले भने।

सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र असंवैधानिक तबरले गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्न माग गर्दै आज १ सय ४६ सांसदले सर्वाेच्च पुगेर रिट दर्ता गराएका छन्।

एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उल्लंघन गरेकोले पटक–पटक अदालत आउनुपरेको थापाको भनाइ छ।

अदालतले आफैँले केही महिनाअगाडि गरेको व्याख्या र संविधानको धारा अध्ययन गर्दा प्रतिनिधि सभा पुनर्स्थापना हुने उनले बताए।

‘हामी ज्युँदै छौँ, १४६ जना सर्वोच्चमा सशरीर आयौँ। सर्वाेच्चले दायाँ बायाँ गर्न सक्दैन र गर्दैन’, थापाले भने, ‘अदालतप्रति हाम्रो भरोसा छ।’

देउवालाई प्रधानमन्त्री बनाउन भन्दै जेठ ७ गते हस्ताक्षर गरेका माधव नेपाल पक्षमा रहेका तीन सांसद पनि साथमै रहेको थापाले बताए।

‘अस्ति हस्ताक्षर गरेका सबै साथीहरुको समर्थन सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा छ’, थापाले भने, ‘रिट नै बोकेर आउने कुरामा कतिले भ्याउनुभएन होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad