राजनीति


काठमाडौं प्रशासनको चेतावनी : कोभिड-१९ अध्यादेश पालना नगरे १ वर्ष कैद र ५ लाखसम्म जरिवाना

काठमाडौं प्रशासनको चेतावनी : कोभिड-१९ अध्यादेश पालना नगरे १ वर्ष कैद र ५ लाखसम्म जरिवाना

नेपालखबर
जेठ १०, २०७८ सोमबार ९:३२,

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड-१९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पालना नगरे एक वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना हुने चेतावनी दिएको छ।

शनिबार गृहमन्त्रालयले निषेधाज्ञालाई कडाईका साथ पालना गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेपछि काठमाडौं जिल्ला प्रशासनले सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।

कसैले यो अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा उक्त सजायँ हुने काठमाडौं प्रशासनले जनाएको हो।
उक्त अध्यादेश बमोजिम मापदण्ड पालना नगरे ६ महिनासम्म कैद वा तीन लाखसम्म जरीवाना हुने छ।

अध्यादेश बमोजिम दिइएको आदेश उल्लङघन गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लङघन गरेमा पाँच लाखसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना गराउन सक्ने काठमाडौं प्रशासनले एक सूचना जारी गर्दै बताएको छ।

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सो को उल्लङघन गरेमा पटकै पिच्छे दुई सय, सवारी साधनको आवतजावत रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति विना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा विरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी चलाएमा दुई पाङग्रेलाई २ हजार र अन्य सवारी साधन भए पाँच हजार जरिवाना हुने प्रशासनले जनाएको छ।

यस अध्यादेश विपरितको काम गर्ने संस्था वा व्यवसायलाई माथि उल्लेख भएको सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले छ महिनासम्का लागि बन्न गर्न आदेश दिन सक्ने प्रशासनले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad