राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्चमा २० रिट

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्चमा २० रिट

नेपालखबर
जेठ ९, २०७८ आइतबार ७:५२,

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा २० वटा रिट निवेदन परेका छन्। अधिवक्ताहरुले सो रिट दर्ता हुन भने बाँकी रहेको बताएका छन्।

‘संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा २० वटा रिट पुगेका छन्, ती दर्ता हुन भने बाँकी छ’, एक अधिवक्ताले नेपालखबरसँग भने।

आजै संसदमा रहेका ५ राजनीतिक दलले समेत १ सय ४९ जनाको हस्ताक्षरसहितको रिट निवेदन दर्ता गर्ने तयारी गरेका छन्।

उनीहरुले नागरिकतासहित सर्वाेच्च जान लागेकाले सो रिट भने आज दर्ता हुने सम्भावना कम छ।

‘दलहरुको रिट पुग्न केही समय लाग्ने भएकोले आजै दर्ता हुने सम्भावना कम छ’, सर्वाेच्च परिसरमा रहेका नेपालखबरकर्मी उजिर कार्कीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदमा विश्वासको मत लिने परिस्थिति नबनेको भन्दै मार्गप्रशस्त गर्ने बताएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनको लागि जेठ ७ गते बेलुका ५ बजेसम्मको समय दिएकी थिइन्।

सो समयमा कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलीय नेताहरु राष्ट्रपति कार्यालय पुगेर नयाँ सरकारको दाबी पत्र दर्ता गरेका थिए।

तर, त्यही बेला प्रधानमन्त्री ओलीले समेत आफ्नो पक्षमा १ सय ५३ सांसदको समर्थन रहेको दाबी पत्र दर्ता गरेपछि दुवै दाबी पत्रलाई राष्ट्रपतिले खारेज गरेकी थिइन्।

त्यसलगत्तै सरकारको सिफारिसमा राष्ट्रपतिले मध्यराति प्रतिनिधि सभा भंग गरेकी थिइन्।

राष्ट्रपति र प्रधानमन्त्रीको सो कदम असंवैधानिक भएको ठहर गर्दै अधिवक्ताहरुले रिट दायर गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad