संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
शुक्रबार मध्यराति प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कार्तिक २६ र मंसिर गतेलाई निर्वाचन मिति घोषणा गरेकी थिइन्।
आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको बताएका थिए।

प्रतिक्रिया