नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी समितिको बैठक बोलाएको छ।
दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता शक्ति बस्नेतले जानकारी दिए।
पछिल्लो राजनीतिक विकासक्रमकै बारेमा बैठक बस्ने उनले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो २१ घण्टाको समय दिएर संविधानको धारा ७६ (५) को नयाँ सरकार गठन गर्न आह्वान गरेपछि दलहरु आन्तरिक र सामूहिक छलफलमा छन्।
आजै बिहान नेपाली कांग्रेसले सर्वदलीय बैठक राखेको थियो।
राष्ट्रपतिले दिएको समयसीमा आज बेलुकी ५ बजे सकिँदै छ।
3
Shares

प्रतिक्रिया