हिमालय एयरलाइन्सले चीनको कुनमिङमा काठमाडौंबाट ४ उडान गर्दै छ।
सोही क्रममा हिमालय एयरलाइन्सको विमानले बिहानै २ वटा जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको छ भने राति २ उडान गर्नेछ।
हिमालय एयरलाइन्स निषेधाज्ञापछि दैनिक एकजहाज पठाउँदै आएकोमा पछिल्लो केही दिन दैनिक दुई जहाजमार्फत कार्गो ल्याइरहेको छ।
कार्गोमा कोभिडसम्बन्धी स्वास्थ्य सामग्री बढी रहेको एयरलाइन्सको भनाइ छ।
चीनको छेन्दुबाट सिचुवान एयरलाइन्स र हङकङबाट क्याथे प्यसेफिक एयरवेजले समेत आजै कार्गो लिएर त्रिभुवन विमानस्थल आइपुग्नेछन्।
त्यसबाहेक बिहीबार स्पेनको राजधानी म्याड्रिडबाट कार्गो सामग्री ल्याएर आएको जहाज आज आफ्ना नागरिक लिएर फर्किने त्रिभुवन विमानस्थलले जनाएको छ।
शुक्रबार एयर बबल सुविधाअन्तर्गत एयर इन्डियाले दिल्ली–काठमाडौं उडान गर्दै छ।
Shares

प्रतिक्रिया