राजनीति


कांग्रेसले अन्य दलसँग छलफल गरेर निर्णय लिने, सर्वदलीय बैठक बस्दै

कांग्रेसले अन्य दलसँग छलफल गरेर निर्णय लिने, सर्वदलीय बैठक बस्दै

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ५:२५,

नेपाली कांग्रेसले राष्ट्रपति विद्या भण्डारीको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको छ।

आज बिहान सभापति शेरबहादुर देउवा निवास वुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले अबको कदमबारे सबै दलहरुसँग छलफल गरेर निर्णय गर्ने उपसभापति विमलेन्द्र निधिले नेपालखबरलाई बताए।

'अबको कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्न सर्वदलीय बैठक बोलाउने निर्णय भएको छ', निधिले भने, 'कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चासहितको बैठक अहिले ११:३० मा बस्दैछौं।'

बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्न आज साँझसम्मको समय दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad