राजनीति


नयाँ सरकार गठनबारे ठाकुर–महतोनिकट सांसदको बैठक सुरु, यादव–भट्टराई पक्ष बेखबर

नयाँ सरकार गठनबारे ठाकुर–महतोनिकट सांसदको बैठक सुरु, यादव–भट्टराई पक्ष बेखबर

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ५:२१,

नयाँ सरकार गठनका लागि विपक्षी दल दौडधुपमा रहेका बेला यसका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) मा विभाजन देखिएको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षलाई खबरै नगरी संसदीय दलको बैठक राखेको हो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले ठाकुर–महतो पक्षका सांसदको बैठक बसिरहेको छ।

तर आफूहरूलाई खबरै नगरिएको उपेन्द्र यादव पक्षका सांसद इस्तियाक राईले बताए।

‘हामीलाई खबर आएको छैन,’ उनले नेपालखबरसँग भने, ‘महन्थजीले गुटको भेला गर्नुभएको होला।’

बिहीबार साँझ विज्ञप्ति जारी गरी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आज अपराह्न ५ बजेसम्मको समय दिएकी छन्।

आफूहरूको संसदीय दलको बैठकले परिस्थितिबारे निर्णय लिने अध्यक्ष ठाकुरनिकट जसपा नेता लक्षमणलाल कर्णले नेपालखबरलाई बताए।

जसपा संसदीय दलको नेतामा बहुमतले राजेन्द्र महतो चयन भएको दाबी ठाकुर पक्षले गरे पनि यादव पक्षले अस्वीकार गरेको छ। यसअघि जसपाले आफ्नै नेतृत्वमा सरकार बन्ने भए त्यसका लागि प्रयास गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad