ad ad

राजनीति


पार्टीको मोडालिटीबारे टुंगो लाग्न बाँकी छ, अडान यथावत छन् : नेपाल

पार्टीको मोडालिटीबारे टुंगो लाग्न बाँकी छ, अडान यथावत छन् : नेपाल

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १२:२४,

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफूहरु पुरानै अडानमा यथावत रहेको बताएका छन्।

पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताए।

उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफूहरुको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए।

उनल भने, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटम लाइन थियो। त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुनुभएको छ। पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ। त्यसमा पनि केही स्पष्टताहरुको आवश्यकता पर्ला। छलफल गरेर टुंग्याउने छौं।’

अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएका नेता नेपाल समूहले ओली सरकारको विरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाइरहेको थियो।

नेता नेपाल खनाल समूहका सांसदहरु प्रधानमन्त्रीले विश्वासको मत लिने वैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएको थियो। तर संयुक्त सरकार गठनका लागि दिइएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकीय ढंगमा सहमति भएको थियो।

सोही सहमति अनुसार नेपाल खनाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधानमन्त्रीमा पुनः ओली नै नियुक्त भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .