राजनीति


ओली–नेपाल सहमतिप्रति गोकुल बाँस्कोटा हर्षित

ओली–नेपाल सहमतिप्रति गोकुल बाँस्कोटा हर्षित

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १३:४२,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक खालको समझदारी बनेपछि एमाले नेताहरू हर्षित भएका छन्।

उनीहरूले सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरिरहेका छन्।

यो पनि : विष्णु रिजाल भन्छन् : अब जोगियो एमाले एकता

यसै क्रममा पूर्व सञ्चारमन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले पनि बिहीबार साँझ ओली र नेपालबीच भएको समझदारीप्रति खुसी व्यक्त गरेका छन्।

उनले यत्ति लेखेका छन्, ‘जे भो राम्रो भो, थप राम्रो हुँदै जान्छ।’

आफ्ना पक्षमा रहेका सांसदको सामूहिक राजीनामा गराउने तयारी पुगिसकेका माधव नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार अकस्मात् वार्ता भई समझदारी गरेर अघि बढ्ने सहमति भएको हो।

गत सोमबार संसदमा विश्वासको मत लिँदा पराजित भएपछि ओली कामचलाउ प्रधानमन्त्रीमा परिणत भएका छन् भने राष्ट्रपतिले विपक्षी दललाई बहुमत जुटाई नयाँ सरकार बनाउन आह्वान गरिसकेकी छन्। जसको समयसीमा आज राति ९ बजे सकिँदैछ।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको पक्षले साथ नदिएपछि बहुमत पुगिरहेको थिएन। यस क्रममा नेपाल पक्षका २८ सांसदले राजीनामा दिएर भए पनि संसदको कूल सदस्य संख्या घटाउने र कांग्रेसका सभापति देउवालाई बहुमत पुर्‍याउन सजिलो बनाइदिने  तयारी भइरहेको थियो।

यसैलाई रोक्न ओलीले लचकता अपनाउँदै माधव नेपाल पक्षसँग वार्ता गरेका हुन्। यस क्रममा उनले आजै बिहान मात्र स्थायी कमिटी बैठक राखेर माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेविरुद्ध गरिएको निलम्बनको कारबाही पनि फिर्ता गरिसकेका छन्।

पार्टीलाई २०७५ जेठ २ गते अर्थात् माओवादी केन्द्रसँग एकता हुनुअघिकै संरचनामा फर्काउनुपर्ने अडान लिइरहेको असन्तुष्ट पक्षका प्रमुख नेता माधव कुमार नेपालले आज ओलीसँगको संवादपछि तत्काललाई सांसदको राजीनामा टरेको बताएका छन्।

योसँगै उता प्रधानमन्त्री बन्न कस्सिएका देउवा भने अब बहुमत नपुग्ने निष्कर्षमा पुगेका छन्।

अब तोकिएको समयसीमा आज राति ९ बजेसम्म विपक्षी दलले बहुमत पेस गर्न सक्ने सम्भावना देखिँदैन भने संसदमा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्न सक्ने संवैधानिक प्रावधानअनुसार एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने सम्भावना प्रबल देखिएको छ।

ओलीको नेतृत्वमा अल्पमतको सरकार बनेपछि ३० दिनभित्र उनले फेरि संसदमा विश्वासको मत माग्नुपर्ने हुन्छ। त्यतिबेला पनि उनले बहुमत नपाउने लगभग निश्चित छ। त्यसपछि फेरि अर्काे प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुन्छ।

यसरी मुलुक संसदीय अंकगणितको गोलचक्करमा फस्ने देखिएको छ।

यो पनि : यसरी फेरि संसद् विघटनको अवस्थामा पुग्न सक्छ मुलुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .