राजनीति


प्रदेश २ : उपचार अभावमा तड्पिएर ज्यान गुमाउँदै नागरिक, मन्त्रीहरु भने मन्दिर निरीक्षणमा व्यस्त

 प्रदेश २ : उपचार अभावमा तड्पिएर ज्यान गुमाउँदै नागरिक, मन्त्रीहरु भने मन्दिर निरीक्षणमा व्यस्त

शैलेन्द्र महतो
बैशाख ३०, २०७८ बिहिबार २:२८,

कोरोना महामारीले देश आक्रान्त छ। प्रदेश २ मा पनि संक्रमितहरु अस्पतालमा बेड नपाएर, उचित उपचार नपाएर छटपटाउँदै दिनहुँ ज्यान गुमाइरहेका छन्। तर प्रदेश- २ सरकारका मन्त्रीहरु भने यस्तो महामारीको बेला पनि मन्दिर निरीक्षणमा व्यस्त छन्।

संकटको बेला नागरिको जीवनरक्षाको निम्ति गर्नुपर्ने काम छाडेर प्रदेश- २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योगमन्त्री रामनरेश रायले बुधबार सप्तरीको हनुमान नगर कंकालिनी नगरपालि क्षेत्रका विभिन्न मन्दिरको निरीक्षण गरेका छन्।

सामाजिक विकासमन्त्रीका स्वकीय सचिव राजकुमारले सामाजिक सञ्जालमा दुवै मन्त्रीले मन्दिर तथा पर्यटकीय स्थल निरीक्षण गरिरहेको तस्बिर राखेका छन्।

दुबै मन्त्रीले वैरवको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका मन्त्रीका स्वकीय सचिवले फेसबुक पोस्ट मार्फत जानकारी गराएका छन्।

मंगलबार साँझ मात्र समयमै उपचार नपाएर महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय सुखिचन महतोको मृत्यु भएको थियो। प्रादेशिक कोभिड अस्पतालको प्रांगणमा छटपटाएर ज्यान गुमाउँदा समेत समयमा बेड नपाएको भन्दै आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड र कर्मचारीमाथि कुटपिट समेत गरेका थिए।

वैशाख २५ गते महोत्तरीको महोत्तरी गाउँपालिकाका ४२ वर्षीय रघुनाथ पाण्डेयले जलेश्वर अस्पतालमा भेन्टिलेटर अभावमा ज्यान गुमाएका थिए भने वैशाख २० गते बटेश्वर गाउँपालिका ४ का ४५ वर्षीय लोकबहादुर परियारलाई प्रादेशिक अस्पतालले भर्ना नलिँदा मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .