राजनीति


प्रदेश २ सरकारद्वारा ४ हजार अक्सिजन सिलिन्डर माग, थप ५० हजार भीटीएम र रिएजेन्ट खरिद गर्ने

प्रदेश २ सरकारद्वारा ४ हजार अक्सिजन सिलिन्डर माग, थप ५० हजार भीटीएम र रिएजेन्ट खरिद गर्ने

शैलेन्द्र महतो
बैशाख २८, २०७८ मंगलबार १३:५७,

प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समिति प्रदेश २ ले थप ५० हजार भीटीएम र रिएजेन्ट खरिद गर्ने भएको छ।

आज सम्पन्न प्रदेश पीसीसीएमसीको बैठकले थप भीटीएम र रिएजेन्ट खरिद गर्ने निर्णय गरेको हो।

बढ्दै गएको कोरोना संक्रमणलाई नियन्त्रणमा लिन परीक्षणको दायरालाई बढाउन उक्त भीटीएम र रिएजेन्ट खरिद गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्यनजर गर्दै केन्द्र सरकारसँग तत्काल ४ हजार अक्सिजन सिलिण्डर माग गर्ने निर्णय समेत गरेको छ।

त्यसैगरी होम आइसोलेसनमा रहेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरुसँग समन्वय गर्ने निर्णय समेत गरेको छ भने जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .