ad ad

राजनीति


सरकार नबन्दासम्म जिम्मेवारी सम्हाल्न राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री ओलीलाई आह्वान

सरकार नबन्दासम्म जिम्मेवारी सम्हाल्न राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री ओलीलाई आह्वान

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १७:२,

राष्ट्रपति विद्यादेवी भण्डारीले आज पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को सरकार गठन नभएसम्म कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेकी छन्।

आफ्नो सरकारलाई संसदको विश्वास छ भन्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि प्रतिनिधि सभा बैठकमा आज सोमबार मतदान हुँदा सो प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ओली पदमुक्त भएका हुन्।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४–११–३ गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८–१–२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८–१–२७ को पत्र प्राप्त हुन आएकोले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयद्वारा सोमबार बेलुका जारी विज्ञप्तिमा भनिएको छ।

सोमबार बेलुका नै राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्।

Rastrapati notice

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .