प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
एक मन्त्रीका अनुसार साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
आजै प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदै छन्। त्यसको लागि संसदमा प्रक्रिया समेत सुरु भइसकेको छ।
विश्वासको मत नपाए प्रधानमन्त्री स्वतः काम चलाउन हुनेछन्।

प्रतिक्रिया