राजनीति


उम्मेदवारी दर्ता गर्न गृहमन्त्री थापा हेटौंडामा

उम्मेदवारी दर्ता गर्न गृहमन्त्री थापा हेटौंडामा

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ६:४३,

नेकपा एमालेले वागमती प्रदेशको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ।

शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले थापालाई राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

‘उहाँ उम्मेदवारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गइसक्नुभएको छ’, थापाका प्रेस संयोजक किरण भट्टराईले नेपालखबरसँग भने, ‘एमालेले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।’

बिहीबार बसेको स्थायी कमिटीको बैठकमा थापाले उम्मेदवारी दिन अनिच्छा देखाएका थिए।

सोही कारण बिहीबार एमालेका दोस्रो तहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरे पनि सहमति हुनसकेको छैन।

राष्ट्रिय सभाको उपनिर्वाचनमा माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र माधव नेपाल पक्षबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .