राजनीति


अमेरिकामा रोकिएन जातिवादी हिंसाः चार एसियाली महिलामाथि छुरा र हथौडा प्रहार

अमेरिकामा रोकिएन जातिवादी हिंसाः चार एसियाली महिलामाथि छुरा र हथौडा प्रहार

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ६:२०,

एसियाली विशेषगरी चिनियाँ नागरिकजस्ता देखिने मानिसमाथि त्यहाँ शारीरिक आक्रमण भइरहेका हुन्।

कोरोना भाइरस चीनबाट फैलन सुरुवात भएको थियो। त्यसकारण कोरोना फैलनुमा जिम्मेवार ठहर्याउँदै चिनियाँजस्ता देखिने मानिसमाथि आक्रमणको घटना बढेको विभिन्न अध्ययनले देखाएका छन्।

यसबीचमा हिजो मंगलबार मात्र अमेरिकाको सान फ्रान्सिस्कोमा दुई एसियाली मूलका वृद्धामाथि छुरा प्रहार भएको हो।

स्टकटन स्ट्रिटमा साँझ ५ बजे छुरा प्रहार भएको थियो। यस आक्रमणबाट ती ६५ र ८५ वर्षकी वृद्धा घाइते भएका छन्।

प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा एक ५४ वर्षका पुरषलाई पक्राउ गरेका छन्।

यसैबीच अस्ती सोमबार मात्र म्यानह्याटनको मिडटाउनमा दुई महिलामाथि एक काला जातिकी महिलाले हथौडाले आक्रमण गरेकी थिइन्।

वेस्ट ४२ स्ट्रिटको नाइन्थ एभेन्युमा राति ८ बजेर ४५ मिनेट जाँदा हथौडा आक्रमण हुँदा ३१ वर्षकी एक एसियाली महिला घाइते भएको एससीएमपीले जनाएको छ।

गएको दुई दिनकै अवधिमा अमेरिकामा चार एसियाली महिलामाथि जातिवादी आक्रमण भएको हो।

यी दुवै घटना जातिवादी हिंसासँग सम्बन्धित भएको प्रहरीको भनाइ छ।

यसअघि गत मार्च महिना मात्र सानफ्रान्सिस्कोको सडकमा एक ३९ वर्षका पुरुषले ७६ वर्षकी चिनियाँ वृद्धामाथि मुक्का प्रहार गरेका थिए। सोही महिना एटलान्टामा एक बन्दुकधारीले ६ एसियाली महिलासँगै ८ जनाको हत्या गरेका थिए।

अमेरिकी प्रहरीले कोरोना प्रकोपका बेलादेखि नै चिनियाँ तथा एसियालीमाथि हुने सम्भावित आक्रमण र हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएका छन्। यद्यपी आक्रमणको घटना नियन्त्रणमा आउन सकेको छैन।

यो पनिः 
बेलायतमा चीनका प्राध्यापकलाई ‘चाइनिज भाइरस गेट आउट’ भन्दै कुटपिट गरियो

७६ वर्षकी चिनियाँ वृद्धामाथि अमेरिकामा आक्रमण, मुक्का प्रहार गर्ने पुरुष उल्टै अस्पतालमा

जातीय आक्रमण बढेपछि एसियाली मुलका अमेरिकी सेनाले युद्धको घाउ देखाउँदै भने...

-अमेरिकामा एसियाली–अमेरिकी महिलामाथि फेरि हिंसा, लात्ताले हिर्काइयो (भिडिओ)

-अमेरिकामा जातीय हिंसाबारे प्रख्यात डिजाइनर प्रबल गुरुङ भन्छन्: आमालाई खैरो विग र ह्याट लगाउनु भनें

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad