ad ad

राजनीति


दुई महिनासम्म निशुल्क खाद्यान्न र ५ हजार रुपियाँ सहयोग गर्ने दिल्ली सरकारको घोषणा

दुई महिनासम्म निशुल्क खाद्यान्न र ५ हजार रुपियाँ सहयोग गर्ने दिल्ली सरकारको घोषणा

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ११:२९,

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने मानिसहरुले भोकमरीको संकट व्यहोर्नुपर्ने अवस्था आएको छ।

यस क्रममा दिल्लीका सवारीचालक र रासनकार्ड भएका हरुका लागि त्यहाँको सरकारले आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार पत्रकार सम्मेलन गरेर त्यहाँका अटो तथा ट्याक्सी चालकलाई दुई महिनासम्म पाँच हजार रुपियाँ प्रदान गर्ने बताएका हुन्।

साथै उनले दिल्लीका ७२ लाख रासनकार्ड भएका मानिसलाई निशुल्क खाद्यान्न उपलब्ध गराउने पनि घोषणा गरेका छन्।

दिल्ली सरकारको यो घोषणासँगी दिल्लीबासीहरु खुशी भएका छन्। उनीहरुले केजरीवाल सरकारको प्रशंसा गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .