राजनीति


सबै अस्पतालले बेडको विवरण सरकारलाई बुझाउनू, संख्या लुकाए कारबाहीः प्रधानमन्त्री

सबै अस्पतालले बेडको विवरण सरकारलाई बुझाउनू, संख्या लुकाए कारबाहीः प्रधानमन्त्री

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १०:२९,

सरकारले हरेक अस्पतालले दैनिक रुपमा प्रयोग भएका अस्पतालका बेड संख्या स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु पर्ने अनिवार्य गरेको छ।

कुनै अस्पतालले विवरण नपठाएर शैय्या लुकाएको भेटिएमा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन्।

सोमबार अपरान्ह देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्।

ठूला अस्पताल र मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने भएको छ।

यस्तै सञ्चालनमा नरहेका अक्सिजन प्लान्ट पनि मर्मत गरेर सञ्चालनमा ल्याउने प्रधानमन्त्रीले बताए।

लिक्वीड अक्सिजन अवैध रुपमा निर्यात रोक्ने र यसका लागि सरकारले नै जेनेरेटर खरिद गरेर मौज्दात गर्ने सरकारले घोषणा गरेको छ।

अहिले देशभरका प्लान्टबाट उत्पादन हुने अक्सिजन अन्य प्रयोजनमा प्रयोग गर्न रोक लगाउने र अस्पतालमा मात्रै प्रयोग गरिने भएको छ।

कोभिडका बिरामीलाई प्रयोग गरिने औषधि हरेक अस्पतालमा मौज्दात राख्ने व्यवस्था गरिने पनि प्रधानमन्त्रीले बताए।

कृत्रिम अभाव र कालोबजारी रोक्न कडा निगरानी गर्ने सरकारले चेतावनी दिएको छ।

यो पनिः

ठूला सरकारी तथा नीजि अस्पताललाई कोरोना उपचारमा प्रयोग गरिनेछ: प्रधानमन्त्री (भिडियो)

प्रधानमन्त्रीको सम्बोधनः संक्रमणको साङ्लो चुँडाउन निषेधाज्ञा थप कडाइ पार्छौँ (पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad