लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले आफू कसैको दबाबमा नभई आफ्नै स्वविवेकले नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।
नेकपा–एमालेका नेता तथा मुख्यमन्त्री शंकर पोखरेल आज एमालेकै एकल बहुमतको सरकार बनाउने तयारी गरिरहेकै बेला उनी माओवादी प्रवेश गरेपछि पोखरेलको बहुमत गुमेको छ।
वली दाङ ३ (ख) मा भएको उपचुनावमा तत्कालीन नेकपाबाट निर्वाचित भएको हुन्।
एमाले नेताहरुले वलीलाई अर्को पक्षले अपहरण गरेको हुनसक्ने दाबी समेत गरेका बेला उनले पत्रकार सम्मेलन नै गरी आफ्नै राजीखुशीले माओवादी पार्टीमा लागेको प्रष्ट्याएकी हुन्।
उनका श्रीमान तत्कालीन सांसद उत्तरकुमार वलीको निधन भएपछि सोहि निर्वाचन क्षेत्रबाट उनी उपनिर्वाचनबाट विजयी भएकी हुन्।
यो पनिः
सांसद वली माओवादीमा प्रवेश, मुख्यमन्त्रीमा पोखरेलको पुनः नियुक्तिका लागि पुगेन बहुमत
प्रतिक्रिया