ad ad

राजनीति


जसपा विवाद : अध्यक्ष महन्थ ठाकुरको व्यवहारप्रति नेता इस्तियाक राईको गम्भीर आपत्ति

जसपा विवाद : अध्यक्ष महन्थ ठाकुरको व्यवहारप्रति नेता इस्तियाक राईको गम्भीर आपत्ति

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ५:५४,

जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता मोहम्मह इस्तियाक राईले पार्टीका अध्यक्ष महन्थ ठाकुरको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि नयाँ सत्ता समीकरणमा लाग्ने भन्ने विषयमा जसपाभित्र तीव्र विवाद छ।

यसै सन्दर्भमा सांसदसमेत रहेका नेता राईले आधिकारिक निर्णय गर्न पटक-पटक बैठक राख्न खोज्दा अध्यक्ष ठाकुरले नमानेको आरोप लगाएका हुन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत राईले टिप्पणी गरेका छन्, ‘पार्टीको अधिकारिक निर्णयका लागि बैठक नै बसाउन नमान्ने ! मैले भनेको गरेको सबथोक सही तिमीहरू मान्नुपर्ने ! पार्टीको वैधानिक बहुमतको निर्णय हुँदा नैतिकताको पाठ सिकाउने !’

यो पनिः जसपाका ४ सांसदलाई कारवाही गर्ने निर्णय पार्टीमा भएको छैनः महन्थ ठाकुर

यस्तै उनले जसपाले उठाएका माग सम्बोधन गराउन ठाकुरले पार्टीमा सल्लाह नै नगरी वार्ता समिति बनाएको भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन्।

राईले लेखेका छन्, ‘पार्टीको बिनानिर्णय वार्ता समिति बनाउने? पार्टीको अधिकारिक निर्णयका लागि बैठक नै बसाउन नमान्ने?’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावका पक्षमा उभिएको जसपाकै ३ सांसद फेरि पोखरेलकै सरकारमा मन्त्री बनेको विषयमा पनि नेता राईले गम्भीर आपत्ति प्रकट गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘मैले नबुझेको नैतिकता : पार्टी र आफ्नै निर्णयविपरीत मन्त्रीको शपथ खान लगाउने?’

istiyaktwitt

यो पनि : ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए महन्थ-राजेन्द्रले असफल पार्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .