ad ad

राजनीति


स्वस्थ गाउँपालिका अध्यक्ष अचानक मुर्छा परे, उपचार गर्दागर्दै बिते

स्वस्थ गाउँपालिका अध्यक्ष अचानक मुर्छा परे, उपचार गर्दागर्दै बिते

शैलेन्द्र महतो
बैशाख १७, २०७८ शुक्रबार ३:२५,

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ।

आज (शुक्रबार) बिहान २ बजे ८५ वर्षीय अध्यक्ष कुशवाहाको निधन भएको गाउँपालिकाका उपाध्यक्ष राजेशकुमार चौरसियाले जानकारी दिए।

शारीरिक रूपमा स्वस्थै रहेका अध्यक्ष कुशवाहा दुई दिनअघि अचानक मुर्छित भएपछि उपचार भइरहेको थियो।कालिकामाई गाउँपालिका वडा नम्बर २, भेडिहारी निवासी अध्यक्ष कुशवाहाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो।

मृत्युको कारणबारे परिवारजनले बताइसकेका छैनन्।

उनी २०७४ को स्थानीय तह गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र (चक्का छाप) बाट विजयी भएका थिए। संघीय समाजवादी पार्टीका उम्मेदवार दिनेश कलवारलाई ६० भोटले हराउँदै उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

गाउँपालिकाका उपाध्यक्ष चौरसियाका अनुसार युवा उमेरदेखि नै राजनीतिमा सक्रिय कुशवाहा साविक भेडिहारी गाविसमा पनि दुईपटक अध्यक्ष बनेका थिए। उनी स्थानीयस्तरमा लोकप्रिय थिए। उनको निधनले गाउँपालिका शोकमा डुबेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .