गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको छलफलमा अनुपस्थित भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही 'आईसीयू' मा भेटिएका छन्।
उनी पृथ्वीचोक स्थिति चरक अस्पतालको आईसीयूमा भेटिएका हुन्। अस्पतालका अनुसार उनी चरक अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्।
तर मंगलबार प्रदेश सभामा गरीएको कोरोना परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ छ।
आज प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यक्रम थियो।
शाही सम्पर्कमा नआएपछि राजमोकी सचेतक पियारी थापाले प्रदेश सभा सचिवालयमा एक पत्र दर्ता गर्दै आफ्ना सांसद खिमविक्रम शाहीको अवस्था सार्वजनिक गर्न माग गरेकी थिइन्।
उक्त विषयमा सम्बोधन नगरी सदन संचालन गर्न उपयुक्त नभएको भन्दै बैठक स्थगित भएको थियो।
''माननीय ज्यू विरामी भएपछि अस्पतालमा उपचाररत हुनुहुन्छ', शाहीका स्वकीय सचिव मिलन हमालले भने, 'उहाँको अहिले उपचार चलिरहेको छ।'
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान कै दिन सांसद शाहि सम्पर्कविहीन भएका थिए।
अविश्वास प्रस्तावमा राजमो निर्णायक छ। गण्डकीमा राजमोका ३ सांसद छन्।
यो पनिः

प्रतिक्रिया