राजनीति


कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण

कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १२:६,

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गरेका छन्। तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन्।

यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा (एमाले) को निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

उनीहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उनीहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

पार्टी निर्देशन विपरीत काम गरेको आरोप लगाउँदै एमाले प्रदेशसभा दलले तिनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गरेको थियो। सोअनुसार वैशाख १२ गते बसेको कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए।

पदमुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई आज पुनः प्रदेशप्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ गराए।

थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिइएको छ। पर्यटनमन्त्री बुढाले उद्योगमन्त्रीका रुपमा यससँगै तीनपटक पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad