प्रदेश १ को सातौं प्रदेश सभा अधिवेशन अन्त्य भएको छ।
मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी' ले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको अधिवेशन अन्त्य गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए।
सातौं प्रदेश सभा अधिवेशनमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भए पनि सर्वोच्चको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अगल गरेपछि प्रस्ताव फिर्ता भएको थियो।
प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि सुरु भएको थियो।
3
Shares
प्रतिक्रिया