ad ad

राजनीति


प्रचण्डले कर्णालीपछि लुम्बिनीको सरकार पनि फेर्ने भनेपछि मुख्यमन्त्री शंकर पोखरेल त्रसित

प्रचण्डले कर्णालीपछि लुम्बिनीको सरकार पनि फेर्ने भनेपछि मुख्यमन्त्री शंकर पोखरेल त्रसित

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १:६,

कर्णाली प्रदेशमा आफ्ना पार्टीका चार सांसदले ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको घटनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  प्रचण्डको आलोचना गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार पनि फेर्न आफू लागिपरेको भन्ने सार्वजनिक भाषण गरेपछि मुख्यमन्त्री पोखरेलले उनको नाम नलिईकन आलोचना गरेका हुन्।

ओलीपक्षीय एमाले नेता पोखरेलले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले अराजनीतिक कदमलाई गौरवको विषय ठान्छ र पुनरावृत्तिको धम्की समेत दिन्छ, त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसक मात्र बन्न सक्छ।’ 

यसबाट उनी प्रचण्डको भनाइले त्रसित भएको बुझिन्छ।

shatra

यो पनि : पार्टीको निर्देशन नाघेर आफूलाई मत दिने एमालेका ३ सांसदलाई मुख्यमन्त्री शाहीले बनाए मन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .