राजनीति


प्रकृति नभए संस्कृति र सभ्यता बाँच्दैन : प्रथम राष्ट्रपति यादव

प्रकृति नभए संस्कृति र सभ्यता बाँच्दैन : प्रथम राष्ट्रपति यादव

नेपालखबर
असोज ६, २०८१ आइतबार १९:४६, काठमाडौँ

नेपालका प्रथम राष्ट्रपति डा‍ रामवरण यादवले प्रकृति नभए संस्कृति र सभ्यता बाँच्न नसक्ने बताएका छन्।

आइतवार काठमाडौंमा वृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सानो मुलुक भएपनि प्रकृतिले भरिपूर्ण रहेको बताए।

उनले मुलुक सानो नरहेको भन्दै तीन करोड जनसंख्यालाई मिलाएर लैजान सक्नुपर्ने बताए। उनले नेपालीहरु सारा विश्वमा नै फैलिएको बताए।

उनले भने, ‘प्रकृति नभए संस्कृति र सभ्यता पनि बाँच्न सक्दैन। हाम्रो सानो मुलुक ठूलो मुलुकको बीचमा छ, त्यसैले सानो छ। तर हाम्रो मुलुक सानो छैन। तीन करोड हाम्रो जनसंख्या छ। नेपालीहरु सारा संसारमा फैलिएको छ। यो पुस्तकमा भारतका विभिन्न ठाउँका, साथै नेपालका विभिन्न क्षेत्रका नाटकहरुको बारेमा लेख्नुभएको छ। विभिन्न ठाउँमा हाम्रो देशका नागरिकहरु छन्। नेपालीहरु अहिले सारातिर फैलिसकेका छन्।’

प्रथम राष्ट्रपति यादवले नाट्य विधा उत्कृष्ट र महत्वपूर्ण रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad