ad ad

समाज


काठमाडौंमा देवरले गरे भाउजूको हत्या, अनि आफैं गए प्रहरी कार्यालय

काठमाडौंमा देवरले गरे भाउजूको हत्या, अनि आफैं गए प्रहरी कार्यालय

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ०:४०,

काठमाडौंमा देवरले भाउजूको हत्या गरेका छन्।

प्रहरीका अनुसार बानेश्वरस्थित मदन भण्डारी कलेजनजिकै पसल गर्ने मोहन राजभण्डारीले भाउजू रोशनी राजभण्डारीको हत्या गरेका हुन्।

४८ वर्षीय मोहनले फलामको गलले हिर्काएर भाउजूको हत्या गरेको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ।

हत्यापछि उनी शनिबार साँझ साढे ७ बजेतिर आफैं महानगरीय प्रहरी परिसरको कार्यालय (टेकु) पुगेका थिए।

देवरको प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका लागि ट्रमा सेन्टर लगिएकी ४८ वर्षकै रोशनीलाई चिकित्सकले शनिबार राति ८ बजे मृत घोषणा गरेका थिए।

हत्या गर्ने मोहनलाई महानगरीय प्रहरी वृत (नयाँ बानेश्वर) को नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .