ad ad

राजनीति


सहरी क्षेत्रका विद्यालय बन्द गर्ने तयारी

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने तयारी

नेपालखबर
बैशाख ४, २०७८ शनिबार १५:३३,

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

शनिबार बसेको सीसीएमसीको बैठकले स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावअनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएका सहरी क्षेत्रमा विद्यालय नखोल्न र वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।

कहिलेदेखि कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय अब मन्त्रिपरिषद्ले गर्नेछ।

यस्तै डान्सबार र दोहोरी साँझहरू अर्को सूचना जारी नहुँदासम्म बन्द गर्नुपर्ने सिफारिस सीसीएमसी बैठकले गरेको छ।

रेस्टरेन्टको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सिफारिस सीसीएमसीले गरेको छ।

यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको निर्देशनमा राति ९ बजेपछि रेस्टुरेन्ट बन्द गर्न भनिएको थियो।

सीसीएसीको सिफारिसअनुसार अन्तिम निर्णय भने मन्त्रिपरिषदको बैठकले गर्नेछ र त्यसपछि नियम लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .