ad ad

राजनीति


सर्वदलीय बैठकमा के के भए छलफल?

सर्वदलीय बैठकमा के के भए छलफल?

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ८:५१,

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा कोरोना नियन्त्रण, उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

बैठकमा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार तत्काल लकडाउन गर्न नहुनेबारे सबैले सुझाव दिएका छन्।

‘तत्काल लकडाउन गर्न हुँदैन, बरु जसरी पनि खोप ल्याएर सबै नेपालीलाई लगाउने व्यवस्था मिलाउनुपर्छ,’ बैठकमा प्रधानमन्त्रीलाई दिएको सुझाव उद्धृत गर्दै कर्णले नेपालखबसँग भने, ‘नेपालमा रहेका सांस्कृतिक पर्वलाई समेत असर नपर्ने गरी सावधानी अपनाएर मनाउने वातावरण सरकारले बनाउनुपर्छ। हेल्थ प्रोटोकलको पालना गर्नेगरी पर्व मनाऊँ। गाउँगाउँमा मास्क व्यवस्था गर्नुपर्छ।’

यस्तै प्रदेश, संघीय संसद् तथा स्थानीय तहमा रिक्त स्थान पूर्तिका लागि संविधानमा व्यवस्था भएबमोजिम निर्वाचन गराउनू भनेर सुझाव दिइएको उनले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीलाई छलफलको विषय बनाउन सभामुख अग्नि सापकोटाले नमानेको आरोप लगाएका थिए।

‘सरकारले राखेको एमसीसीको विषय सभामुखले छलफलमै ल्याउन चाहनुभएन,’ ओलीले भने। 

त्यसबारेमा उपस्थित दलका नेताहरूले छलफलको विषय बनाउनुपर्ने बताएका थिए।

‘सरकारले ल्याएको एजेन्डामा छलफल हुनैपर्छ, यसमा कसैले रोक्नु हुँदैन,’ कांग्रेस र जसपाका नेताहरूले बैठकमा भने।

जसपाले संसदमै अड्किएको नागरिकता विधेयकलाई अगाडि बढाउन सुझाव दिएको नेता कर्णले बताए।

‘नागरिकता विधेयक संविधानअनुसार आएको छ, त्यसमाथि संसदमा छलफल चलाएर पारित गर्नुपर्छ। यसमा प्रधानमन्त्रीसहित सबै लागौं,’ महन्थ ठाकुरले भने। 

यो पनि : सर्वदलीय बैठकमा सभामुख सापकोटाविरुद्ध प्रधानमन्त्री ओलीको आक्रोश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .