राजनीति


कोरोना प्रभावित १४ जिल्लामा विद्यालय र यी क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना प्रभावित १४ जिल्लामा विद्यालय र यी क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ११:१६,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट प्रभावित विभिन्न १४ जिल्लामा शैक्षिक संस्था लगायत बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आग्रह गरेको छ।

बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङमा शैक्षिक संस्था बन्द गर्न अपिल गरेको हो।

‘बढी प्रभावित जिल्लाहरुमा विद्यालयसमेत बन्द गर्न भनिएको हो’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालखबरसँग भने।

मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेखित जिल्लाहरुमा ‘बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ।

‘विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि मात्रै सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा, तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमाहल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, आदी स्थलहरुमा सहभागी नभइदिनहुन। तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिन हुन’ सूचनामा भनिएको छ।

यस्तो छ, सूचना

174132028_151844060196366_8791072541904813297_n.jpg

173723918_185340486750189_1300843976754710018_n.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .