सांसद बिमला विश्वकर्माले प्रतिधि सभा बैठकमा सरकार काम कारबाहीको प्रशंसा र आलोचकहरुप्रति व्यंग्य गर्दै कविता सुनाएकी छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले सरकारले युगन्ताकारी परिवर्तनका काम गरेको दावी गरिन्। उनले सरकारले तीन वर्षमा गरेका विकास र जनपक्षीय कामको आफूले उच्च सम्मान गर्ने बताइन्।
उनले सरकारका कामको प्रशंसा गर्दै आलोचकमाथि व्ंयग्य गर्दै कविता समेत सुनाएकी थिइन्। यस्तो छ उनले सुनाएको कविता
वर्षौँपछि मेलम्चीको पानी काठमाडौँ आए पनि
अतिक्रमित भूभाग समेटी नक्सा ल्याए पनि
देशैभरी विकासका लहर छरे पनि
ऐतिहासिक सम्झौता र सन्धि गरे पनि
रेल, तेल पुनर्निर्माण जे जे गरे पनि
केही देख्न नसक्ने दोषी चस्माधारी नजरहरुलाई
म के भनौँ?
राष्ट्र र जनभावनामाथि ठेस पु¥याउँदै
कम्फर्टेबल सरकार बनाउछौँ भन्नेहरुलाई म के भनौँ?
पद र प्रतिष्ठालाई प्राथमिकतामा राख्दै
अपमान भयो, प्रतिगमन भयो भन्नेहरुलाई म के भनौ?
राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई जोगाउँदै
ताजा जनादेशमा जाँदा प्रतिगमन र अपराध हुन्छ भने
म सम्माननीय प्रधानमन्त्री
अर्को अपराध गर्न, प्रतिगमन गर्न आग्रह गर्न चाहन्छु।

प्रतिक्रिया