कारोबार


सिटिजन लाइफद्वारा उपचार खर्चवापत ३० लाख रुपैयाँ हस्तान्तरण

सिटिजन लाइफद्वारा उपचार खर्चवापत ३० लाख रुपैयाँ हस्तान्तरण

नेपालखबर
चैत २२, २०७७ आइतबार ९:२१,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम रु.३० लाख प्रदान गरेको छ। शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो।

तिलोत्तमा नगरपालिका–९ निवासी ४१ वर्षीय रामचन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए।

एक किस्ता बीमा शुल्क रु.दुई लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडाैंको गंगालालमा गएका थिए।

उनको उपचारकै क्रममा कम्पनीले सो ३० लाख बिमांक रकम प्रदान गरेको क्षत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकालले बताए। कंडेलको बीमा फर्निचर खरिद गर्ने क्रममा कम्पनीका अभिकर्ता ईश्वर भण्डारीले गराएका थिए।

क्षत्रीय प्रवन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागि नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाखसम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए।

बीमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे र उपस्थित सबै माझ बेलैमा बीमा गर्ने सल्लाह दिए।

तिलोत्तमा नगरपालिका९ का. वडा अध्यक्ष मिसु शाही, नेकपा (एमाले) केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य कविराम अर्याल लगायत वरिष्ठ राजनितिज्ञ, समाजसेवीहरुले संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले यसरी जीवन बीमा कम्पनीले घरघरमै आएर उपचार खर्च दिएको पहिलो पटक थाहा पाएको बताइन्। यसरी सिटिजन लाइफले रकम भुक्तानीको लागी अग्रपंक्तिमा काम गरोस् भनी प्रशंसा व्यक्त गरिन्।

कार्यक्रमको सन्चालक बर्दघाट शाखा प्रमुख मनोज सुबेदी र स्वागत मन्तव्य बुटवल शाखा प्रमुख पूर्णचन्द्र सुबेदीद्वारा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad