सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित)बाट निर्वाचित सदस्य जानकी देवी रामलाई आज आइतबार पद तथा गोपनियताको शपथग्रहण गराउने भएका छन्।
संसद सचिवालयमा आज अपरान्ह उनको शपथग्रहण कार्यक्रम राखिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित) तर्फबाट निर्वाचित सांसद सानु सिवा पहाडीको निधन भएपछि रिक्त स्थानमा जानकी देवी रामलाई निर्वाचित गरिएको हो।
नेकपा–एमालेकी ताप्लेजुङ निवासी सांसद सिवाको असोज २८ गते निधन भएको हो।
जानकी देवी राम सिरहा निवासी हुन्।
समानुपातिक प्रणालीतर्फ कुनै कारणले पद रिक्त हुन गएमा सम्बन्धित दलबाट बुझाइएकाे समानुपातिक सूचिकाे सोहि समूहको त्यसपछिकाे क्रमसंख्यामा रहेको उम्मेदवारलाई सांसद बनाउने व्यवस्था छ।

प्रतिक्रिया