नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलेले योजना बनाएर देशभर संगठन बिस्तार गर्ने निर्णय गरेको छ।
शुक्रबार काठमाडौँको कलंकीस्थित मेगा पार्टी प्यालेसमा बसेको नेपाल–खनाल पक्षको स्थायी समिति बैठकले राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाएर अगाडि बढ्ने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए।
‘पार्टीको राष्ट्रिय भेलाले देशव्यापी रुपमा एमालेको संगठन बिस्तार र सुदृढीकरण गर्ने जुन निष्कर्ष निकालेको छ, आजको छलफलमा पनि सो अभियानलाई अगाडि बढाउने विषयमा छलफल भएको छ’, नेता भट्टराईले भने, ‘त्यसका निम्ति राष्ट्रव्यापी कार्यक्रमको ढाँचा हामीले बनाउने भनेका छौँ, आज त्यसको केही प्रस्तावहरु प्रस्तुत भएको छ। भोलि बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिन्छौँ।’

प्रतिक्रिया