ad ad

राजनीति


सूर्य थापाले गरे माधव नेपाल पक्षको प्रशंसा !

सूर्य थापाले गरे माधव नेपाल पक्षको प्रशंसा !

नेपालखबर
चैत १९, २०७७ बिहिबार ४:५,

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सम्भवतः पहिलोपटक माधवकुमार नेपाल पक्षको प्रशंसा गरेका छन्।

नेपाल पक्षका सांसदले प्रदेश नं १ र बागमतीका मुख्यमन्त्रीविरुद्धका अविश्वास प्रस्ताव फिर्ता लिएपछि ओली कित्ताका एमाले केन्द्रीय सदस्य थापा खुसी भएका हुन्।

अविश्वास प्रस्ताव फिर्ताले पार्टी एकता र राजनीतिक स्थिरताका लागि सकारात्मक भूमिका खेल्ने उनको विश्वास छ।

‘प्रदेश १ र बागमतीका मुख्यमन्त्रीविरुद्ध ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत हो,’ बिहीबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘हिजो जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियो सरकार पक्षका यी कदम सही छन्।’

उनको आग्रह छ, ‘कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य छ।’

ओली समूहमा थापा नेपाल पक्षका कट्टर आलोचक मानिन्छन्। तर यसपटक उनले सकारात्मक अभिव्यक्ति दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .