ad ad

राजनीति


तत्काल विद्यालय बन्द नहुने, शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन

तत्काल विद्यालय बन्द नहुने, शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन

नेपालखबर
चैत १२, २०७७ बिहिबार ११:२१,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

कोरोनाको महामारी पुन् भढ्न थालेसँगै विद्यालय बन्द गरिने चर्चा चलिरहेका बेला बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर विद्यालय सञचालन गर्न निर्देशन दिएको हो।

बैठकमा कोरोना संक्रमणबाट हुने जोखिमबारे शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।

बैठकले सबै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

‘सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्ण रूपमा पालन गर्न, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन–पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध गरिन्छ’, मन्त्रालयका प्रवक्ता दिपक शर्माद्वार जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुका साथै सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .