नेकपा एमालेकी सांसद गंगा चौधरी ‘सत्गौवा’ले सरकारले गरेका राम्रा कामको पचारप्रसार हुन नसकेको बताएकी छन्।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले राजनीतिक स्थिरता र स्थायित्वको लागि जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत दिए पनि जनताको आकांक्ष पूरा नभएको बताइन्।
उनले सरकारले आफ्नै पार्टीभित्रको आन्तरिक खिचातानीका कारण राम्रासँग काम गर्न नसकेको र गरेका कामको पनि राम्रोसँग प्रचार–प्रसार हुन नसकेको बताएकी हुन्।
प्रतिक्रिया