ad ad

राजनीति


एमालेका ४ नेतालाई ओली पक्षले पठायो स्पष्टीकरण पत्र, माधव नेपाललाई सोधियो १०–बुँदे प्रश्न

एमालेका ४ नेतालाई ओली पक्षले पठायो स्पष्टीकरण पत्र, माधव नेपाललाई सोधियो १०–बुँदे प्रश्न

नेपालखबर
चैत ९, २०७७ सोमबार ६:१०,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीका तर्फबाट स्पष्टीकरण मागेको छ।

केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा वरिष्ठ नेता नेपालसहित उनी पक्षका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणका लागि ओली पक्षले आज पत्र पठाएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालले आज बिहान चारै नेतालाई पत्र पठाइएको जानकारी दिए। 

रिजालले नेपालखबरसँग भने, ‘एमालेको अनुशासनभन्दा बाहिर गएर सामानान्तर कमिटी निर्माण गरेको, भेलासहित अन्य गतिविधि गरेको विषयमा प्रश्न सोधिएकाे छ।’

वरिष्ठ नेता नेपाललाई पठाइएको चार पृष्ठ लामो स्पष्टीकरणमा १०–बुँदे प्रश्नहरु सोधिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .