ad ad

राजनीति


नेपाल–खनाल समूहका सांसदलाई ओलीको जवाफ : गुटको प्रस्ताव स्वीकारिँदैन, व्यक्तिगत रुपमा आउनुहोस्

नेपाल–खनाल समूहका सांसदलाई ओलीको जवाफ : गुटको प्रस्ताव स्वीकारिँदैन, व्यक्तिगत रुपमा आउनुहोस्

नेपालखबर
चैत ७, २०७७ शनिबार ८:४३,

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गुटगत प्रस्तावलाई नस्वीकार्ने बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षबाट पत्र लिएर पुगेका तीन सांसदलाई प्रधानमन्त्री ओलीले व्यक्तिगत गुनासोमात्रै आफूले सुन्ने बताएका हुन्।

नेपाल समूहले लगेका ३८ सांसदको हस्ताक्षर रहेको पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘गुटगत प्रस्ताव स्वीकार्य हुँदैन, केही गुनासाहरु छन् भने व्यक्तिगत रुपमा आउनुहोस्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद पदम गिरीले नेपालखबरसँग भने, ‘गुटगत मानसिकता कुनै पनि हालतमा स्वीकारिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .