म्यानमारमा कार्यरत बीबीसी संवाददाता बेपत्ता भएका छन्।
बेलायती समाचार संस्था बीबीसीले आफ्ना समाचारदाता अउङ थुरालाई शुक्रबार केही अपरिचित व्यक्तिले नियन्त्रणमा लिएर बेपत्ता पारेको जानकारी दिएको हो।
ट्विटरबाट समेत जानकारी दिँदै बीबीसीले चिन्ता प्रकट गरेको छ। म्यानमारको राजधानीबाट उनलाई बेपत्ता पारिएको बीबीसीले जनाएको छ। उनको खोजी भइरहेको समाचारमा उल्लेख छ। साथै आफ्ना संवाददाता थुराको उद्धारमा सहयोग गरिदिन सरोकारवाला सबैलाई बीबीसीले आग्रह गरेको छ।
उनीसँगै स्थानीय पत्रकार थान हटिक अउङलाई पनि बेपत्ता बनाइएको छ। शुक्रबार दिउँसोसम्म दुवै पत्रकारको अवस्था अज्ञात छ।
यसैबीच बीबीसीकै नेपाली पत्रकार दीपक भट्टराईले म्यान्मारमा बस्न नसक्ने अवस्था भएपछि नेपाल फर्किएको बताएका छन्।
बर्मेली सैनिक सरकारले भिजा थप्न डेड महिनादेखि आनाकानी गरेपछि @bhattaraimaya र मैले बर्मा छाड्यौं। रंगुन विमानस्थलमा १५ दिनको ओभर स्टे जरिवाना तिरेपछि कुनै वाधा उत्पन्न भएन। काठमाडौं आइपुगियो। बर्मामा इन्टरनेटको पहुँचमा
कटौती गरिदैं लगिएको छ। मोबाइलमा डाटा सेवा बन्द गरियो। १/५
गत फेब्रुअरी १ देखि म्यान्मारमा सेनाले सत्ता कब्जा गरी नेत्री आङ सान सुचीसहित लोकतान्त्रिक नेताहरूलाई नजरबन्दमा राखेको छ। जसको विरोधमा त्यहाँ दैनिक प्रदर्शन भइरहेको छ। त्यस क्रममा सुरक्षाकर्मीको दमनबाट सय जनाभन्दा बढी आन्दोलनकारीको मृत्यु भइसकेको छ। कैयौं घाइते भएका छन्।

प्रतिक्रिया