नेकपा एमालेका वरिष्ठ नेताहरु झलनाथ खनार माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ।
लतिलपुरमा सानेपास्थित हेरिटेज गार्डेनमा बुधबारबाट सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार साँझ सकिएको हो।
सो भेलाले १७–बुँदे प्रस्ताव समेत पारित गरेको छ।
भेलाको समापनपछि सहभागीहरुले ‘पार्टी एकता जिन्दावाद’ भन्ने नारा लगाएका थिए।
नेकपा एमाले भित्रको विवाद उत्कर्षमा पुगेको प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खानल पइालाई वाइपास गरेर केन्द्रीय सदस्य थप्ने, महाधिवेशनको मिति घोषणा गर्ने लगायतका निर्णय गरेपछि नेपाल–खनाल समूहले राष्ट्रिय भेला आयोजना गरेको हो।
भेलामा ४ हजार नेता कार्यकर्ता सहभागी भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया