ad ad

राजनीति


‘१० दिनभित्र ओलीविरुद्ध अविश्वासको प्रस्ताव, कांग्रेसको नेतृत्वमा चुनावी सरकार’

‘१० दिनभित्र ओलीविरुद्ध अविश्वासको प्रस्ताव, कांग्रेसको नेतृत्वमा चुनावी सरकार’

नेपालखबर
चैत ५, २०७७ बिहिबार १०:४९,

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले माओेवादी केन्द्र र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्।

‘१० दिनभित्र ओली सरकारको विकल्पका लागि संसद्मा अविश्वास प्रस्ताव दर्ता हुन्छ’, उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिन्छन्।’

उनले संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओलीसँग सहकार्य नहुने प्रष्ट पारे।

उनले आफैले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पनि पदमा बसिरहनु अनैतिक भएको भन्दै ओलीले आफै सरकार छोड्नुपर्ने बताए।

उनले अविश्वासको प्रस्तावपछि कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन हुने र मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने बताए।

‘कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन हुन्छ। त्यो सरकारले ताजा जनादेश लिएर देशलाई निकास दिनेछ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .