नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापुर्वक लिएको बताएका छन्।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल समुहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन्।
पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा महासचिव पोख्रेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिए।
उनले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए।
पार्टी अध्यक्षले धुमबाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताए।
उनले भने, ‘अहिले जुन किसिमको भेला भयो। त्यो निर्देशनको बाबजुत पनि भेला भएको छ। आज र भोलि आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ।’
Shares
प्रतिक्रिया