प्रधान सेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका नवनियुक्त राजदूत सैयद हैदर साहसँग भेटवार्ता गरेका छन्।
प्रधानसेनापति थापा र राजदूत हैदरबीच सोमबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो।
प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रतिक्रिया