राप्रपाका अध्यक्ष कमल थापाले कांग्रेस सत्तामा जान खोज्नु उदेकलाग्दो विषय भएको बताएका छन्।
कांग्रेसले कम्युनिष्टसँग मिलेर सरकार बनाउनु भन्दा नयाँ जनादेशको लागि चुनावमा जानुपर्ने सुझाव पनि उनले दिएका छन्।
‘गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएका हुन्। नेकपा कुर्सी/पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो,’ शनिबार बिहान ट्वीटरमा थापाले लेखेका छन्, ‘त्यही असफल/भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो छ। कम्युनिष्टसँग मिलेर सरकार बनाउँन अस्विकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्छ।’
3
Shares
प्रतिक्रिया