ad ad

समाज


मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० यात्रु घाइते

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० यात्रु घाइते

नेपालखबर
फागुन २९, २०७७ शनिबार २:४८,

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुवै गाडीका गरी १० यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएका हुन्।

दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन्। अहिले उनीहरूको उपचार हेटौंडा र भरतपुरका अस्पताल भइरहेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–चितवन सडक खण्डमा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .