राजनीति


प्रचण्डको निर्देशन : एमाले अब एक रहँदैन, माधव नेपाल पक्षलाई चित्त दुख्ने काम नगर्नू

प्रचण्डको निर्देशन : एमाले अब एक रहँदैन, माधव नेपाल पक्षलाई चित्त दुख्ने काम नगर्नू

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ८:४,

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेकपा–एमाले पार्टी एक नरहने बताएका छन्।

नेकपा–एमालेका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु एमाले पार्टीमै फिर्ता भए पनि त्यो पार्टी अब एक नरहने बताएका छन्।

उनले बुटवलमा आयोजित एक कार्यक्रममा सो खुलासा गरेका हुन्।

उनले रुपन्देही, कपिलवस्तु, नवलपरासीमा माओवादीतर्फबाट माधव नेपाललाई अप्ठेरो पर्ने कुनै कदम नचाल्न कार्यकर्तालाई निर्देशन समेत दिए।

‘पूर्वएमाले साथीहरुबारे निर्णय गर्दा तपाईंहरुले हेडक्वार्टरसँग सम्पर्क गरेर मात्रै निर्णय गर्नुहोला, आफै नटुंग्याउनुहोला, कुनैपनि जिल्लाका हाम्रा गतिबिधिले केन्द्रमा माधवजीहरुलाई पिन्च नहोस् (चित्त नदुखोस्),’ प्रचण्डले सो कार्यक्रममा भने, ‘किनकी त्यसको ठूलो अर्थ छ, अब एमाले एक रहने स्थिति नै छैन।’

एमालेको त्यो पक्ष जो आफूहरुसँग विचार, राजनीतिमा र भावनामा पनि नजिक हुन खोजिरहेको छ त्यसलाई सहयोग गर्नुपर्ने उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad